कटुवा पेस्तोल र गोलीसहित एक जना सिरहा प्रहरीको नियन्त्रणमा



प्रकाशित मिति : Nov 21, 2020

लहान, ६ मंसिर । प्रहरीले आज सिरहाको औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

स्थानीयवासी विनोद यादवलाई गोली हानी हत्या गर्ने योजना बनाएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छठपर्व मनाउन घाट पुगेका दासलाई हतियारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

नियन्त्रणमा परेका दासमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com