बरिष्ठ नेता खनालद्वारा नेता पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग



प्रकाशित मिति : Nov 21, 2020

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्नुभएको छ । उहाँले बक्तव्य जारी गर्दै घटनाप्रति घोर निन्दा तथा भर्त्सना भएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ – ‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले अभद्र व्यवहार तथा नाराबाजी गर्नु अत्यन्तै निन्दनीय छ, यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।’

शनिबार गृह जिल्ला चितवनमा पुग्नु भएका नेता पाण्डे सहभागी कार्यक्रममा नारावाजी तथा दुर्व्यवहार भएको थियो । बरिष्ठ नेता खनालले यस्ता बार्यलाई कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत भएकाले यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराउनु भएको छ ।

पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई उहाँले आग्रहसमेत गर्नुभएको छ ।

No description available.


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com