दक्षिण भारतमा १६.७ मिटर गहिरो इनारबाट ढोईलाई १४ घण्टामा यसरी बाहिर निकालियो



प्रकाशित मिति : Nov 21, 2020

एजेन्सी, ६ मंसिर । दक्षिण भारतको तमिलनाडुस्थित एउटा गाउँको इनारमा खसेकी एउटी २५ वर्षे पोथी हात्तीलाई उद्धार गरिएको छ।उक्त पोथी हात्ती १६.७ मिटर गहिरो इनारमा खसेकी थियो । एक स्थानीय किसानले हात्ती कराएको सुनेपछि अरूलाई गुहारेका थिए। क्रेन प्रयोग गरिएको उक्त उद्धारकार्यका लागि १४ घण्टा समय लागेको थियो।

बीबीसीका अनुसार हाल ढोईको अवस्था ठिक छ । अब उनलाई जंगलमा लगेर छोड्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com