सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारवाही गर्न माधवकुमार नेपालको माग



प्रकाशित मिति : Nov 21, 2020

काठमाडौं, ६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा अभद्र व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न माग गर्नुभएको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता नेपालले नेता पाण्डेको कार्यक्रममा होहल्ला गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडाभन्दा कडा कारवाही गर्न माग गर्नुभएको हो ।

प्रधानमन्त्री निकट युवा तथा विद्यार्थीका नेताहरुले कार्यक्रमा नेता पाण्डे बोलिरहेका बेला नाराबाजी र होहल्ला गरेपछि कार्यक्रम स्थगित गरिएको थियो ।

वरिष्ठ नेता नेपालले सो काम सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भएको भन्दै स्थानीय पार्टी एवं सम्बन्धित निकायलाई कारबाहीका लागि माग समेत गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com