इन्डोनेशियामा प्लास्टिकका बोतलमा खाँदेर दर्जनौं दुर्लभ सुगा तस्करी



प्रकाशित मिति : Nov 21, 2020

एजेन्सी, ६ मंसिर । इन्डोनेशियामा प्लास्टिकका बोतलमा खाँदेर दर्जनौँ दुर्लभ सुगा तस्करी गर्ने प्रयास गरिएको छ ।इन्डोनेशियाको पूर्वी क्षेत्र पपुवामा रोकिएको एउटा पानीजहाजमा तस्करी गर्न प्लास्टिकका बोतलमा खाँदिएका दुर्लभ प्रजातिका दर्जनौँ सुगाहरू फेला परेको जनाइएको छ ।

जहाजमा ६४ वटा जीवित र १० वटा मृत सुगा भेटिएको प्रहरीले बताएको छ। इन्डोनेशियामा विभिन्न दुर्लभ प्रजातिका पक्षीहरूको तस्करहरूले अवैध व्यापार गर्ने गरेका छन्।

ती चराहरू त्यहाँका ठूला बजारमा लगेर बेचिन्छ वा विदेशतिर पठाइने गरेको जनाइएको छ। बीबीसीबाट

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com