विरहीका २५ वटा निबन्धहरूकाे संग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा



प्रकाशित मिति : Nov 21, 2020

काठमाडाैँ, ६ मंसिर । साहित्यकार रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् ।

उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । विरही यति ज्याद्रा लेखक मानिन्छन् कि सत्तरीको भन्ज्याङ छुन लाग्दा पनि उनी कतै बिसिएनन् । हिँडिरहे, हिँडिरहे– अविश्रान्त हिँडिरहेका छन् । जीवनयात्रामा उनी रित्तै कहिल्यै हिँडेनन् । पिठ्यूँमा कहिले पत्रकारिता, कहिले कविता, कहिले उपन्यास र कहिले निबन्धका ढाकर बोकिरहे ।

समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र विम्बका घुएँत्रोले चोटिलो निशाना दिनु कवि/निबन्धकार विरहीको विलक्षण गुण हो । लोभ र प्रपञ्चका कित्ताभन्दा अलग्गै पहिचान बनाउने उनलाई साक्ष्यभावले उभिएको टापु भने हुन्छ ।

भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्धसंग्रहमा विरहीका २५ वटा निबन्धहरू रहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको उक्त निबन्धसंग्रहको मूल्य ३२५ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com