५ मंसिर २०७७, शुक्रबार
  • सन्तोश पौडेल

खोटाङ ,५ मंसिर । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकासको संयुक्त आयोजनामा सुत्केरी महिला र अति बिपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

कोभिड-१९को महामारीबाट प्रभावित बनेका २४० जनालाई राहत वितरण गरिएको हो । गाउँपालिका भित्रका अति विपन्न तथा लकडाउन अवधिमा सुत्केरी भएका महिलाहरुलाई भौचर प्रणाली मार्फत राहत वितरण गरिएको हो ।

भौचर प्रणालीमार्फत पालिकाको वडा १ याम्खाका अति विपन्न ३०, सुत्केरी महिला ३३ जना, वडा २ डाडाँगाउँमा अति विपन्न-३० सुत्केरी महिला-२८ जना, वडा ३ छोरम्बुमा अति विपन्न-३० सुत्केरी महिला – २४ जना र वडा ५ सप्तेश्वर छितापोखरीका अति विपन्न- ३० र सुत्केरी महिला ३२ जनालाई राहत वितरण गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र कुमार राईले बताउनुभयो ।

गाउँपालिकाका बाँकी वडाहरु टेम्मा, छितापोखरी र बतासेमा शनिबार राहत बितरण गर्ने प्रमुख राईले बताउनुभयो । दश स्थानीय तह रहेको खोटाङमा पहिलो पटक भौचर प्रणाली मार्फत गाउँपालिकाले अति विपन्न साथै सुत्केरी महिलाई राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV