सुनकाे भाउ ताेलामा ४ सयले घट्याे



प्रकाशित मिति : Nov 20, 2020

काठमाडाैं, ५ मंसिर ।  काराेबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ ।

तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे अनुसार आज ४ सय रुपैयाँ घटेर तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ ।  हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com