दरबार मलमा सञ्चालनमा आयो अपी ग्लामरसको शोरुम



प्रकाशित मिति : Nov 20, 2020

काठमाडौँ, ५ मंसिर । विभिन्न नयाँ डिजाइनका आभुषण आइटम (jewellery items)  भित्र्याएको ‘अपी ग्लामरस प्लस’को शोरुम दरबार मलमा सञ्चालनमा आएको छ । दरबार मल तेस्राे तलामा रहेकाे शोरुमको बिहीबार मोडल एवं कलाकार पुजन घिमिरे र माछापुच्छ्रे बैंक दरबारमार्ग शाखाकी प्रबन्धक सन्जुली प्रधानले उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि मोडल घिमिरेले शोरुम अवलोकन गर्दै फेसन रुचाउने नयाँ पुस्ताका युवतीहरुका लागि उपयुक्त हुने खालका आकर्षक र फेसनेवल ज्वेलरी आइटमले मन खिचेको बताइन् । साथै पार्टी, विवाहजस्ता समारोह र विशेष अवसरमा पहिरन गर्न उपयुक्त हुने थुप्रै आइटमले मन जाेकसैकाे मन लाेभ्याउने उनको भनाइ थियो । यसैगरी प्रबन्धक प्रधानले शाेरूममा केही नितान्त नयाँ ज्वेलरी सेट देख्न पाएकाे र समग्रमा प्रिमियम क्वालिटीयुक्त आइटमहरू रहेकाे बताइन् ।

भारतीय कालीगढद्वारा डिजाइन गरिएका आकर्षक एवं फेसनेबल ज्वेलरी आइटमहरु शोरुममा राखिएको यसका सञ्चालक गणेशदत्त पन्तले बताए । उनका अनुसार किशोरी, युवती र विवाहित महिला सबैका लागि उपयुक्त हुने खालका पर्ल (मोती) रुबी (मणि/माणिक) र हीरा जडित पोल्की, कुन्डन, बेंगल, रिङ (औँठी), नेकलेसलगायत नाक–कानमा लगाइने सबै आभुषण सेट शोरुममा राखिएको छ । ओपनिङ सेसन केही दिनसम्म चल्ने र सो अवसरमा विशेष छुटका साथ ज्वेलरी सेटहरु उपलब्ध गराउने सञ्चालक पन्तले बताए । उनका अनुसार अपी ग्लामरस ज्वेलरीको फेसबुक पेज र ह्वाट्स एपमार्फत पनि अर्डर गर्न सकिनेछ ।

उद्घाटनका क्रममा साइन रेसुंगा डेभलपमेन्ट बैंकका डि-सिइओ पुष्करराज जोशी, डिएसपी रामेश्वर पौडेल, पत्रकार विष्णु निश्चललगायत व्यावसायिक व्यक्तित्वहरु तथा लेखक, कलाकारसमेतको उपस्थिति थियो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com