निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने तीनै जना पक्राउ



प्रकाशित मिति : Nov 19, 2020

काठमाडौं, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुर्व्यहारमा गर्ने र भिडिओ अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्।निकिशामाथि दुर्व्यवहार गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर, भक्तपुरले बिहीबार बिहान नियन्त्रणमा लिएको थियो। अन्य दुई जना किशोरलाई भने दिउँसो पक्राउ गरेको बताइएको छ।

प्रहरीले भक्तपुर महानगरपालिका–५ टौमढीका १७ वर्षीय विशेष जोशी, वडा नम्बर १ भारबा चोकका १९ वर्षीय सफिल खत्री र १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले १६ वर्षीय किशोरको उमेर कम भएको हुँदा परिचय नखुलाइएको जनाएको छ ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेकाे भिडियाे मंगलबार बेलुका सामाजिक संजालमा भाइरल भएकाे थियाे । श्रेष्ठ बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेका थिए ।

टिकटकमा @bishesh-१२३ नामको  एकाउन्टबाट आएको उक्त भिडियो सार्वजनिक भएको थियो । ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो।

सार्वजनिक भएको भिडियाेमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ ।आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन् ।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com