निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने एक जना पक्राउ



प्रकाशित मिति : Nov 19, 2020

काठमाडौं, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका-२ का विशेष जोशी पक्राउ गरेको हो ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेकाे भिडियाे मंगलबार बेलुका सामाजिक संजालमा भाइरल भएकाे थियाे । श्रेष्ठ बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेका थिए ।

उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेकाे ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायले जानकारी दिनुभयाे । अर्का व्यक्तिको खोजी भइरहेकोकाे प्रहरी नायब उपरीक्षक रायले बताउनुभयाे ।

टिकटकमा @bishesh-१२३ नामको  एकाउन्टबाट आएको उक्त भिडियो सार्वजनिक भएको थियो । ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो।

सार्वजनिक भएको भिडियाेमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ ।आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com