कोरोनाबाट मुक्त भएका संक्रमितमा ३ महिनापछि पुनःसंक्रमण देखिने सम्भावना प्रबल (भिडियो)



प्रकाशित मिति : Nov 18, 2020
  • रिया भण्डारी,

काठमाडौं, ३ मंसिर । चिकित्साविज्ञहरु कोरोना भाइरस संक्रमणको अध्ययनमा निरन्तर लागिपरेका छन् । अध्ययनको क्रममा एकपछि अर्को रहस्य फेला पर्दै जाँदा कोरोना संक्रमणबाट निको भएका व्यक्तिमा पनि ३ महिना पछि कोरोना संक्रमण पुनः हुने सम्भावना भएको तथ्य फेला परेकोे छ ।

बढीमा ३ महिना शरीरमा एन्टीबडी रहने अध्ययनहरूले देखाएको छ । त्यसपछि पुनः संक्रमणको सम्भावना रहने हुँदा कोरोना निको भएका व्यक्तिले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरुको अनुरोध छ ।

किङ्ग्स कलेज लण्डनले गरेको एउटा अध्ययनले सङ्क्रमण भएर निको भएको ९० दिनपछि एन्टीबडीको गुणस्तर र संख्यामा ह्रास हुँदै गएको देखाएको छ । त्यसैले एक पटक कोरोना सङ्क्रमित भएर निको हुँदैमा पुनः सङ्क्रमित नहुने सोच्न नहुने विज्ञहरु बताउछन् ।

कोरोना संक्रमणबाटबाट निको भइसकेका व्यक्तिमा साढे २ देखि ३ महिनासम्म रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुन्छ । त्यसपछि पुनः संक्रमणको सम्भावना रहन्छ ।

नेपालमा ठूलो संख्यामा पुनः संक्रमणको केस नआए पनि फ्याट्टफुट्ट पुनः संक्रमण देखिने गरेको बिज्ञ बताउछन् । एउटै व्यक्तिलाई रिइन्फेक्सन भएपछि भाइरसको जिनमा पनि फरक देखिएको अध्ययनले देखाएको छ ।

एन्टिबडी भनेको के हो ?

एन्टिबडी भनेको इम्युन सिस्टमले उत्पादन गर्ने प्रोटिन हो । जसले भाइरस, ब्याकटेरिया वा प्याथोजिन (रोग उत्पादन गर्ने जीव)लाई नष्ट गर्छ । यदि भाइरस पुनः आयो भने पनि एन्टिबडी संक्रमणपछि रक्तप्रवाहमा सुस्त अवस्थामा रहिरहन्छन् ।

यदि सो भएको खण्डमा एन्टिबडी तयार र पर्खाइको अवस्थामा रहन्छ अर्थात इम्युन सिस्टमले यति छिटो प्रतिक्रिया जनाउँछ कि दोस्रो संक्रमण हुने सम्भावना एकदम कम हुन सक्छ ।

तर, कोरोना संक्रमितको हकमा भने ३ महिना पछि एन्टिबडीको गुणस्तर र संख्यामा कमी आउछ । त्यसैले केही व्यक्तिलाई पुनः संक्रमण हुने गरेको छ ।

त्यसैले कोरोना संक्रमण भएर निको भएपछि २ हप्ता भित्र वा ३ महिना अगाडि नै प्लाज्मा दान गर्नु पर्ने भनिएको हो । नेपालमा बुधवारसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख लाख ८२ हजार ७ सय ८० छ ।

निको भएका मानिसमा एन्टीबडी केही समय रहने भए पनि बाह्य माध्यमले सक्रिय सङक्रमित व्यक्तिसँगको सम्पर्कले तेस्रो व्यक्तिमा रोग सार्न सक्ने सम्भावना भने रहन्छ । त्यसैले निको भएका व्यक्तिले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com