लक्ष्मी पूजाको दिन आँफैले पालेको राँगाले छातिमै गर्यो आक्रमण, राँगा धनीको मृत्यु



प्रकाशित मिति : Nov 15, 2020

डोटी, ३० कात्तिक । जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आँफैले पालेको राँगाले हान्दा मृत्यु भएको छ। शनिबार लक्ष्मी पूजाकै दिन उनलाई राँगाले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ। राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। रासस


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com