नेहा र निशानको आवाजमा ‘सुकुटे बिच’ सार्वजनिक (भिडियो)



प्रकाशित मिति : Nov 06, 2020

काठमाडौं, २१ कात्तिक । नेहा खड्का र निशान भट्टराईको आवाजमा लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/मिक्सिङ/मास्टरिङ राजु कर्कीले गरेका छन् । सागर खड्काको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।

सार्वजनिक भिडियोमा केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र ‘सुकेट बिच’मा भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङ्कन गरेका हुन् ।

त्यस्तै, सार्वजनिक भिडियोमा डिनसन शाहको सम्पादन, सुनिता चौलागाईको डे«स, सब्बु तामाङको श्रृगार रहेको छ । भिडियोलाई डीएआर मुभिजको अफिसियल सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com