तातोपानी नाका खुलेपनि सडक जीर्ण हुँदा सामग्री ढुवानीमा समस्या (भिडियो)



प्रकाशित मिति : Nov 05, 2020
  • विदुर गिरी,

सिन्धुपाल्चोक, २० कात्तिक । २०७२ सालको भूकम्पपछि बन्द भएका नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी भन्सार नाका ५ वर्ष पछि पुनः सञ्चालनमा आएको छ । तर जीर्ण सडक मर्मत नहुँदा सास्ती र दुर्घटनाको जोखिम बढेको छ ।

ठाउँठाउँमा गएको पहिरो र सडक मर्मतमा ध्यान नदिँदा सामान ढुवानी गर्न समस्या भएको व्यापारीहरुले गुनासा गरेको छन् ।

नेपाल–चीन तातोपानी नाका खुले पनि जीर्ण सडकको कारण दुर्घटनाको जोखिम बढेको हो । २०७३ सालको भोटेकोसी बाढीले क्षति पु¥याएको अरनिको राजमार्ग चीन सरकारको सहयोगमा मर्मत गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

तर गत असारमा आएको बाढीले राजमार्गको सात स्थानमा सडक भत्किएको छ भने अन्य १० स्थानमा क्षति पुलेको छ । क्षतिग्रस्त सडकमा ट्रयाक खोल्ने काम गरिए पनि स्तरोन्नति नहुँदा जोखिम बढेको छ ।

सडक मर्मत नहुँदा सामान ढुवानी गर्न समस्या भएको ब्यवसायीहरुले गुनासो गरेका छन् । सडकको दुरावस्थाको विषयमा सरकारी निकायलाई ताकेता गर्दा समेत चासो नदिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले बताएको छ ।

भत्किएको ५५ किलो मिटर सडक मर्मतका लागि एक अर्ब ७५ करोड रुपैंया भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । सडक मर्मतका लागि मन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत हुना साथ काम थालिने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

लामो समयको प्रतीक्षा र पहल पछि नाका खुले पनि सडक दुरावस्थाको कारण सामान ढंवानीमा समस्या हुँने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com