हात्ती आतंकबाट बच्न सुरु भएको तेजपत्ता खेती व्यवसायमा परिणत (भिडियो)



प्रकाशित मिति : Oct 31, 2020
  • राजु पौडेल,

झापा, १५ कात्तिक । जंगली हात्तीको आतंकले झापाको बाहुनडाँगीलाई चर्चित बनाएको छ । तर, विस्तारै यहाँको परिचय फेरिन थालेको छ ।

बाहुनडाँगी अहिले मसला खेती गर्ने गाउँका रुपमा चिनिन थालेको छ । हात्तीले अन्नवाली सखाप पार्न थालेपछि स्थानीय किसानहरुले शुरु गरेको तेजपत्ता खेती अहिले व्यवसायमा परिणत भएको छ ।

झापा मेचीनगर नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविस अहिले मसला खेती गर्ने गाउँको रुपमा चिनिन थालेको छ ।

झण्डै एक हजार किसानहरु अहिले तेजपत्ता, मरिच र कागती खेती गर्दै आएका छन् । हात्तीले अन्नबाली सखाप पर्न थालेपछि अहिले उनीहरुले मसला जातको खेती गर्न थालेका हुन् ।

बाहुनडाँगीमा बार्षिक ५० देखि ६० करोड रुपैयाँसम्मको तेजपत्ता उत्पादन हुने गरको छ । यहाँ उत्पादन भएको तेज पत्ता भारत र तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको बाहुनडाँगी झापाका किसान रवि नेपालको भनाइ छ ।

रहरले भन्दा पनि बाध्यताले शुरु गरेको तेजपत्ता खेती अहिले यहाँका किसानका लागि आम्दानीको राम्रो स्रोत भएको छ । शुरुमा भारतीय व्यापारीहरुले सस्तोदरमा किन्ने गरे पनि अहिले भने गाउँमा प्याकेजिङ गर्ने उद्योग समेत स्थापना गरिएको छ ।

गाउँमै उद्योग सञ्चालन भएपछि स्थानीयले रोजगारी समेत पाएका छन् । तेजपत्ता खेतीबाट अहिले यहाँका किसानकालागि वर्दान सावित भएको छ ।

तर, पछिल्लो समय कोराना भइरसको संक्रमण पछि अन्तराष्ट्रिय सीमा नाका बन्द हुँदा बजारीकरणमा भने समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com