आधुनिकताको खोल, हिंसाको बिछ्यौना



प्रकाशित मिति : Oct 26, 2020
  • अञ्जु पोखरेल

हाम्रो नेपाली समाजका चालचलन र हाम्रा केही दोधारेपनहरूलाई उल्लेख गर्न मन लाग्यो । हामी सुनेका कुरामा विश्वास गर्छौ, देखेका कुरालाई त यथार्थै मान्छौ त्यो भन्दा बढी युगौ पहिले देखि बनाईएका ग्रन्थहरूमा विश्वास राख्छौं । विशेषगरि हाम्रो हिन्दु सस्कृती भित्र सर्वमान्य मानेर देविको पुजा आरधना गरिन्छ । देविलाई विभिन्न प्रतिकको रुपमा उल्लेख गरिन्छ- सरस्वतीलाई विद्याकी प्रतीक मानिन्छ, लक्ष्मीलाई धनको प्रतिकको रुपमा मानिन्छ, दुर्गालाई माहाकाली अर्थात् शक्तिको प्रतिकको रुपमा मानिन्छ । दसैंको बेला विभिन्न मठमन्दिरमा देविका विभिन्न स्वरुपलाई पुजिन्छ । असत्य माथि सत्यको बिजय, महिसासुर नामक राक्षसको अन्त्य गरि रगतको टीका लागाएर बिजय प्राप्त गरेको भन्ने मान्यतालाई आधार मानेर विशेष गरि देविको आरधना गर्ने गरिन्छ र १० औं दिनको दिन त्यही खुशीमा बिजया दशमी को टीका लगाईन्छ।

महिलाहरूलाई शास्त्रमा समेत ठुलै ओहोदा दिईएको थियो भनिन्छ। हिजोका समय देखि आजको समयसम्म आईपुग्न महिलाहरूले अनेकौं परिस्थितिको सामना गर्नुपरेको थियो । आजको समाज शिक्षा र चेतनाले भरिएको भएता पनि महिलालाई हेर्ने दृष्टिकोण व्र्यवहारमा भने सकारात्मक परिवर्तन आउन सकेको छैन । घटनाको प्रवृत्ति फरक होला तर पीडा बेदना भने उहीँ नै छ ।

पुरातनवादी सोच र पुरुषवादी मानसिकतामा शुद्धीकरण नभएसम्म नारीमुक्ति कतै सम्भव छैन । पुर्व मेची देखि पश्चिमी माहाकाली सम्म छरिएर रहेका महिलाको स्थिति एक समान छदै छैन । एउटा परम्पराको अन्त्य हुन नपाउदै अर्को अन्धविश्वासको सिकार भैरहन्छन् नारीहरू । समाजमा हुने अधिकाश घटनाहरू स् बाल विवाह, बिधुवा विवाह, बोक्सीको आरोप, बलात्कार, एसिड आक्रमण, अनमेल विवाह, घुम्टो प्रथा, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा, सति प्रथा, यातना, तिरस्कार, गाली गलौज, कुटपिट अपहेलना, बहुविवाह, चेलीबेटी बेचबिखन, दाइजो प्रथा आदि हिंसा महिलाहरूले सामना गरिसकेका र गर्दै आईरहेका हिंसाका रुप हुन् ।

नेपालको सन्दर्भमा हरेक समुदाय, सामाज, सस्कृती, धर्मका नाममा महिलाहरू माथि हिंसा भैरहेको पाईन्छ । हिमाल पाहाड तराई देखि उच्चघराना देखि निम्न झुपडीसम्म, राजनितिज्ञदेखि मतदातासम्म जहाँ सुकै र जो सुकैबाट जतिसुकै बेला महिला माथि हिंसा हुनसक्ने सम्भावना रहेको छ।

कहिले सति प्रथाको नाममा ज्युँदै जलिनु पर्ने, कहिले बोक्सीको आरोपमा, कहिले दाईजोको नाममा, कहिले वादी प्रथाको नाममा त कहिले बलात्कारको सिकार भएर महिलाको बलि यसरी कहिलेसम्म चढिरहने हो भन्न सकिन्न । उसबेला महिलाहरूले त्यो हदसम्मको पीडा भोगिरहदा सम्म किन विरोध गरेन्न वा बोलेनन्, यस्ता विविध पीडा र उत्पिडनको आंशिक जवाफ प्राप्तिका लागि नेपालकी प्रथम नारीवादी महिला योगमायाको संघर्ष र तिनले गर्नुपरेको देहत्याग (विद्रा)बाट पाउन सकिन्छ ।

बिकास भए सङ्गै हिंसाको विरुद्ध आवाज उठाउने अभ्यास बसेको छ। विभिन्न घटनाको विरुद्ध मा टिप्पणी गर्ने र चरीत्र हत्या गर्ने कुरामा समाजका महिला सदस्यहरू नै सरिक रहन्छ । परिवर्तनलाई अङ्गाले तापनि मानसिकता बद्लिन भने सकेको देखिन्न ।

पहिरनका कुरा

पहिरनको कुरालाई लिएर एक जना हजुरामाले आफ्नो अनुभव सुनाएको सम्झिन्छु- सानै उमेरमा बिवाह गरेपछि घरकै जिम्मेवारीले बाँध्यो । पछि छोराछोरी जन्मिए हुर्किए बढे, जमाना कहाँ उस्तै रह्यो र ? लाउने पहिरन फेरिए । उहाँ आफ्नो अनुभव सम्झिँदै भन्नुहुन्छ, ‘एक पल्ट मेरी सानिमाकी छोरी मलाई भेट्न आएकी थिई । कुर्था-सुरुवाल लाएर कति सुहाएको थियो । त्यो बेला गाउँमा पनि फाट्टफुट्ट कोई-कोईले लागाउथे कुर्था सुरुवाल । उसले लाएको लुगामा मेरो पनि आँखा गए ।’

मन मात्रै लागेर के गर्नु जहिल्यै फरियाको सप्कोमा बाधिएर बस्ने बानी बसिसकेको थियो । छोरीलाई घुमाउन सदरमुकाम लिएर जादा उहाँ लाई नि कुर्था लिउ कि भन्ने सोच आएछ तर सोच भन्दा बढी डर र त्रास अनि सङ्कोच मनमा, हिम्मत गरेर किन्नु भयो रे केही समयपछि बजार आउदा लिएर जानू भएछ । रहरले जितेर होला डरलाई बिर्सेर लगाएको लुगा देखाउन फुरुङ्ग पर्दै श्रीमान समक्ष जानुभएछ । भयो ठिक उल्टो त्यो देखेर श्रीमानले तारिफको साटो एक झापड हान्नुभएछ । उहाँ को रहर सप्पै भताभुङ्ग । कहिलेकाही घरमा कोई नभएको मौका पारेर रहर पूरा गर्न लगाउने गर्नुभएको रहेछ। कोई नभएको मौका पारेर लाएनी २-४ पटक श्रीमानले देखिहाल्ने अनि उहाँ डरले कपडा खोली हाल्नुहुन्थ्यो रे ।

एकदिन श्रीमानले नै बोलाएर एक जोर कपडा हतामा दिदै मन परेको लगाउनु भन्नू भएछ। यसरी उहाँ को रहरले श्रीमानको सोच नि परिवर्तन भएको भन्दै सुनाउनुहुन्छ। उहाँको जस्तै धेरै का छुट्टै काहानी होलान । समाजले पहिरनको आधारमा मान्छेको चरीत्र मापन गर्नु गलत कुरा हो । अचेल उहाँ जस्ता धेरै आमाहरू कुर्था मात्र हैन जिन्स नै लाएर हिड्नुहुन्छ।

हामीले पहिरनलाई मात्रै स्वीकार गरेर हुन्न मानसिकता पनि बदल्न सक्नु ठूलो कुरो हो । अनि यी त शरीर ढाकिने कपडाका कुरा भए अब छोटो पहिरनमा रमाउने को कुरा गरौं । मानिसहरू आफ्नो चाहाना र सहज हुने सम्मका पहिरनमा सजिएर हिड्छन, केही समय अघि सामाजिक संजालमा एक जना महिलाको पहिरन र ढाडको बिसयमा धेरै टीका टिप्पणी भए त्यति ले मात्रै नपुगेर अनेकौं थरिका ट्रोल बनाएरै समेत धज्जी उडाईयो । महिला पुरुष सबैले सेयर गरेर मजाक बनाउन पछि हटेन्न ।

तपाईं हामीलाई अवगत नै होला हाम्रा जिजुबाजेका पालामा हाम्रा हजुरामा हरूले भान्सा मा छिर्दा छातीदेखि उधो फरिया बाधेर चोलो खोलेर मात्रै खाना दिने प्रचलन थियो । जसलाई सस्कार को नाम दिईयो भने अहिले पश्चिमा सस्कृतिलाई अङ्गालेर रमाईरहेका मानिसले आधुनिक समाजमा बसेर आधुनिकता आत्मसात गरेको कुरालाई पचाउन किन सक्दैनन् ? त्यहीँ कुरा हामी चलचित्रको पर्दामा, बिदेशी भुमिमा गएर गर्दा केही नहुने सामान्य मानिने, समय अनुसार चलेको भन्ने र यहाँ कसैले आफ्नो स्व इच्छाले पहिरन लगाउदा त्यति विधि आलोचना किन र के का लागीरुरु हामीले आधुनिक बन्न त सिक्यौ तर आधुनिकता संगै आफुलाई बदल्न सकेनौं ।

पछिल्लो समयमा बलात्कार एसिड प्रहार जस्ता घटनाहरू अत्यन्तै बढी रहेका छन । हप्तामा २र३ दिन त बलात्कारका घटना हेडलाईन बनेर नै छापिन्छन् । केही बर्ष अघि भएको निर्मला पन्तको बलात्कारको दोसि आजसम्म पत्तो लागेको छैन । बलात्कृतहरू को विरुद्ध आवाज न उठेका पनि होईन , सडकमा जुलुस नभएको पनि हैन, विरोध नगरेको पनि हैन तर खै कस्ले सुनिदिने सडकमा चिच्याउनेहरूको आवाज । अहिले केहि समय यता हेर्ने हो भने बलात्कारका घटना अत्यधिक बढेका छन । बलात्कृत हुनेहरू विभिन्न उमेर समुहका छन् कति त आफ्नो शारीरिक बिकास भएको थाहै नपाउनेसम्म छन । शिक्षा र चेतनाले भरिएको समाजमा पनि यसरी महिला हिंसा बढिरहनुको पछाडी के कारण हुनसक्ला ?

किन हुन सकेन महिला अधिकारकाे सुनिश्चितता ?

महिलाहरूलाई अधिकार सम्पन्न साक्षर र सक्षम बनाउन विभिन्न परियोजनाहरू संचालन भएका छन, हजारौं एनजिओ हरू, संघसस्थाहरू खुलेका छन, हजारौं चेतनामूलक कार्यक्रम सन्चालनमा ल्याईएका छन, त्यति हुदा सम्म पनि महिलाको हक अधिकारको सुनिश्चितता हुन सकेको छैन ।

महिला नै हिंसाको सिकार हुनुमा राजनैतिक, आर्थिक, सामाजिक र सास्कृतिक चेतनाको अभाव नै प्रमुख कारण मानिन्छ । तर चेतना र शिक्षाको पहुँचले विश्व हल्लाएको २१ औं शताब्दीमा समेत महिला हिंसाको अन्त्य हुन नसक्नु दुखको कुरा हो । अझ हाम्रो देश त स्वयं महिला रास्ट्रपति भएको देश, दिनलाई त महिलालाई पनि ३३५ हक अधिकार कानुनले दिएको छ भन्नलाई पनि आधा आकाश आधा धर्तीको उपनाम दिईन्छ । तर खै त महिला बालबालिकाको हक अधिकार सुनिश्चित भएकोरु नियम कानुन बनेका छन तर किताबका पानामा सिमित कार्यन्वयन हुन यहाँ कति निर्मला पन्त र सम्झना बि क को बलि चढ्नुपर्ने हो त्यो समयले बताउला देखाउला ।

हामी शिक्षित छौं, चेतनशील छौं, परिवर्तन चाहान्छौ, लैङ्गकि समानताका कुरा गर्छौं बहस गर्छौं, समानताको कुरा गर्छौं तर व्यवहारमा लागू गर्दैनौ कुरैमा मात्रै सिमित । महिलाका निम्ति कोटा छुटिन्छन् । महिलालाई ३३५ आरक्षणको ब्यवस्था गरिएको छ । उत्पीडित, जनजाति, आदिवासी, दलित, पिछाडिएका बर्ग आदि महिलाका लागि निर्वाचनमा आरक्षणको ब्यवस्था पनि गरेको छ । तर जबसम्म महिलालाई थपनाको रुपमा मात्रै हेरिन्छ सोचिन्छ तबसम्म महिला हरू अघि बढ्न सक्दैन्न, न हिंसाबाट मुक्त हुन नै । महिला हिंसा अन्त्य को निम्ति थुप्रै कानुनहरू बनेको त छन तर कार्यन्वयनमा भने आउन सकेका छैनन् ।

महिलाको निम्ति काम गर्ने रास्टिय महिला आयोग छ, कानुन मन्त्री महिला नै रहेकी छिन तर पनि किन बिभेदकारी बिधेयक, संसदमा अल्पसंख्यक भएपनी महिलाहरू छन तर किन अडान लिन सक्दैनन् रुरु के महिलाको काम स्टेजको सोभा बढाएर अरुको भासणमा ताली पिट्ने मात्रै हो रु हो मा हो मिलाउने मात्रै हो तरु घटनाका स्वरुपहरू दिनदिनै भयानक बन्दै गैईरहेका छन यी बिसयमा सरकार मौन छ अनि जवाफदेही को बन्नेरु महिलाहरूले आफ्नो भुमिका र कर्तव्यको पालना ज्यानको बाजि लगाएरै पूरा गरेका इतिहास पनि रहेका छन । चाहे त्यो नालापानीको युद्धमा होस या ६२र६३को जन आन्दोलनको बेला होस वा माओवादिको जनयुद्धमै किन नहोस्, हजारौं महिलाहरूको बलिदान उल्लेखनिय रहेको छ । तर उनीहरूकोको सहभागी को चर्चा खासै उल्लेख भएको देखिन्न । देशको निम्ति उदाहरणिय काम गर्ने थुप्रै महिलाहरू रहेका छन ।

छोरीलाई दुर्गाजस्तो बन्नुपर्छ किन भनिन्न ?

नेपालकी छोरी भृकुटी पासङ्ग लमु आदि आदि नारीहरूको उदाहरण प्रशस्तै छन। योग्यता क्षमता र अवसर पाए महिलाले धेरै गर्न सक्छन भन्ने उदाहरण हुन यी । समक्ष मात्रै हैन शारीरिक रुपले अशक्त भएनी मानसिक रुपले पनि महिलाहरू अब्बल हुन्छन् भन्ने कुरा झमक कुमारी घिमिरेलाई देखेर पनि सकिन्छ । सामाजिक संजाल र समुहमा बौद्धिकताको कुरा गरेर मात्रै पुग्दैन।

जबसम्म सोच परिवर्तन गर्न सकिदैन तबसम्म हिंसा मा कमि आउँदैन । परिवर्तन को सुरुवात आफैंबाट गर्नु आवश्यक छ । हामी घरमा छोरीको जन्म भयो भने लक्ष्मीको आगमन भयाे भन्ने गर्छौं । तर छोरीलाई दुर्गाजस्तो बन्नुपर्छ भनेर भन्दैनौँ । छोरीले संस्कार र संस्कृति बचाउनुपर्छ, कसैसँग ठूलो स्वर गर्नुहुन्न, छोरी भनेको घरको इज्जत हो भन्ने पाठ सिकाइन्छ । तर किन सिकाइँदैन- तिमी कठोर बन्नुपर्छ, कोही आइलाग्यो भने जाईलाग्नुपर्छ भनेर ? छोरी मान्छे कमजोर हुन्छन् भन्ने कुराको फाईदा उठाउछन लोग्ने मान्छेहरू। हरेक छोरिमान्छे दुर्गाको नौ रुप बन्न सक्छन्, आफ्ना लागि लड्न सक्छन् भन्ने चेतको बिकास नभएसम्म अन्याय मा परिरहन्छ्न नारीहरू।

आफ्नो सुरक्षा आफैं ले गर्न सक्नुनै नारीहरूको अबको विकल्प हुनेछ । नत्र जति नै नियम कानुन बने पनि केही हुनेवाला छैन । अन्याय गर्नेले गरिरहन्छ चुपचाप सहनुबाहेक विकल्प हुँदैन । सरकारले बलात्कार गर्नेलाई कार्वाही गर्न नसक्नु छानबिन गर्न नसक्नु अडान लिन नसक्नु अपराधी को लागि बनेका कानुको कार्यन्वयन गर्न नसक्नु अझ भनौं बलात्कारिलाई संरक्षण गर्ने कारणबाट धेरैलाई उक्साहट मिलेको छ नकारात्मक कार्य गर्न । अपराधि निर्धक्कता का साथ खुलेआम घुमिरहन्छन् अनि कयौं नारीहरू हिंसाका सिकार बन्न पुग्छन। इज्जत लुट्ने ले लुटछ, त्यसको नमिठो छाप जिन्दगीभर भोग्ने महिला हुन्छन् ।

समाजमा त्यस्ता हिम्मतवाला पुरुषको खाचो छ । जस्ले एक बलत्त्कृत नारीलाई अपनावोस, नयाँ जीवन दिनसकोस उस्का भावना चाहाना र इज्जतमा कुनै कमि आउन नदेवोस । अरु सरह सामान्य जिन्दगी बाँच्ने अधार दिन सकोस् । तर यो कहाँ सम्भव छ र, यहाँ इच्छाले बनेका सम्बन्ध त तोडिन्छन्, एउटी बलात्कृत नारीको जिन्दगी रङ्गाउने आट कस्ले गर्ने । यदि यस्तै रहिरहने हो भने भोलिको दिनमा तपाई अनि म नै आफ्नो अस्तित्व लुटिएर बाँच्ने दिन न आउलान भन्न सकिन्न ।

[लेखिका स्नातकोत्तर तेस्रो सेमेस्टर (समाजशास्त्र) माअध्ययनरत छिन्]

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com