उदयपुरको कटारीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



प्रकाशित मिति : Oct 22, 2020
  • अभिमन्यू लामिछाने,

उदयपुर, ६ कात्तिक । ‘स्वास्थको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ बडादशैं ब्याडमिन्टन प्रतियोगिता उदयपुरको कटारीमा सम्पन भएको छ ।

कटारी नगरपालिका २ गुरासमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । गुरास क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा बेलसोतका हिमाल खड्का र देवराज कार्कीले उपाधि हात पारेका छन् ।

खड्का र कार्कीको जोडीले प्रतियोगिताको उपाधि चुमेका थिए भने तिलक मगर र सन्तानु राईले दोस्रो स्थान हाँसिल गरेका गुरास क्लबका खेल संयोजक गोपी जंग कार्कीले बताए ।

प्रतियोगिताको प्रथम हुनेलाई नगद रु.१८ हजार बराबरको खसी, सील्ड र मेडलसमेत प्रदान गरिएको थियो । दोश्रो र तेस्रो हुने खेलाडीहरुलाई सम्मान स्वरूप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक कार्कीले जानकारी दिए ।

गुरासमा यही कात्तिक ५ गते शुरु भएको ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको हो । प्रशिक्षकको रुपमा उजिर बुढाथोकी रहेका थिए ।

प्रतियोगितामा नगरभित्रका विभिन्न १३ टिमले सहभागिता जनाएको कटारी २ का वडा अध्यक्ष प्रेम थापाले बताए । खेलमा सहभागीहरुलाई मायाको चिनो र जर्सीसमेत प्रदान गरिएको आयोजक प्रतिनिधि सन्तोष कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com