भोलिदेखि क्लिनफिड लागू हुने, विदेशबाट श्रमिक ल्याउन सरकारद्वारा अनुमति प्रदान



प्रकाशित मिति : Oct 22, 2020

काठमाडौं, ६ कात्तिक । सरकारले भोलिदेखि नेपालमा क्लिनफिड लागू गर्ने भएको छ । कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले शुक्रबारदेखि नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित (क्लिनफिड) लागू गरिने जानकारी दिनुभएको हो ।

कात्तिक ७ गतेदेखि क्लिनफिड लागू गर्नेगरी कानुनी तथा संस्थागत तयारी समेत पूरा भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

उहाँले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लिनफिड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बतानुभयो ।

उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा २४ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ ।

त्यस्तै मन्त्री परिषद बैठकले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा श्रम कानुनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गरी उत्पादनशील उद्योगलाई भारत, चीन लगायत अन्य मुलुकबाट श्रमिक ल्याउन अनुमति दिने, न्यूनतम समर्थन मुल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गर्ने निर्णग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com