निको हुने संक्रमितको संख्याले एक लाख पार गर्‍यो, थप ३२ सय १५ जनाले गरे स्वास्थ्य लाभ



प्रकाशित मिति : Oct 22, 2020

काठमाडौं, ६ कात्तिक । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार २ सय १५ जना निको भएर घर फर्किएका छन् । योसंगै संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार २ सय १५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

file Photo

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७ सय ५१ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ५ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ३ सय ३९ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com