ओप्पोद्वारा ईयरफोन्स, टीभीलगायतका बहु-उपकरणका साथमा आईओटी पर्यावरणको महत्वकांक्षी विस्तारको संकेत



प्रकाशित मिति : Oct 22, 2020

शंघाई, ६ कात्तिक । ओपोले सेप्टेम्बर १९का दिन ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरिसकेको छ ।

नयाँ उत्पादन सार्वजनिकका लागि आयोजित कार्यक्रममार्फत ओप्पोले, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स, ओप्पो वाट्च आरएक्स, ओपो टीभी एसवान र ओपो टीभी आरवान सिरिजलगायतका आफ्नो आईओटी ईकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका नयाँ उत्पादनहरुले ओप्पोकोे आईओटी बजार पोर्टफोलियो विस्तार गर्ने रणनीतिक योजना प्रतिबिम्बित गरेको छ । मानव स्पर्शका साथमा ओप्पोले विभिन्न अवस्थामा उपयोगी पृथक उपकरणका साथमा स्मार्ट अनुभव पस्कने अथक प्रयास गरिरहेको जनाएको छ ।

यस कार्यमा सफलताका लागि स्मार्टफोन्स, टीभी, ईयरफोन्स र वाट्चेजलगायत कोर एन्ट्री लेभल उपकरणहरुमा निरन्तर परिवर्तन पस्किरहेको छ । ओप्पोले अत्याधुनिक प्रविधिलाई मनमोहक डिजाइनका साथमा उपलब्ध गराउँदै उपभोक्तालाई बौद्धिक तथा रमनीय जीवन ब्यतित गर्न सघाउने जनाएको छ ।

आवाजलाई नयाँ परिभाषा दिँदै ओप्पो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स

ओपो एन्को एक्स टु« वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स सार्वजनिक गर्नका लागि अग्रणी वैश्विक हाई(फाई ब्राण्ड डाइनअडियोसंग सहकार्य गरेको छ । ईयरफोन्स ट्युनिङ डाइनअडियो ए÷एसका चिफ एकोस्टिक विशेषज्ञ ड्यानियल ईमोन्ट्सले गरेका हुन् ।

उनी अवार्ड जितिसकेका विभिन्न डाइनअडियो स्पिकर्सका एकोस्टिक डिजाइनर हुन् । एक्सक्लुजिव डीबीईई ३.० एकोस्टिक प्रणालीद्वारा सञ्चारित तथा नवप्रबर्तनात्मक एकोस्टिक स्ट्रक्चरल डिजाइन सुसज्जित, ओप्पो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्सले उच्च गुणस्तरिय आवाज प्रस्तुत गर्नुका साथै सन्तुलित र प्राकृतिक ध्वनी प्रेषित गर्ने क्षमता राख्ने जनाएको छ ।

साथै, यसमा रहेको न्वाइज क्यान्सलिङ फञ्शनले हरेक किसिमका सिनेरियोमा काम गर्नुका साथै एएनसी डुअल एक्टिभ न्वाइज क्यान्सलेशन, मल्टि(लेभल न्वाइज रिडक्शन म्यानेजमेन्ट र ट्रान्सपेरेन्सि मोडमा हुँदा प्राकृतिक सञ्चार सुविधापनि उपलब्ध गराउँने जनाएको छ । उक्त ईयरफोनसले ट्रिपल माइक्रोफोन कल न्वाइज क्यासलेसन र वायरलेस चार्जिङपनि सपोर्ट गर्छ ।

ओपोद्वारा मूल प्रविष्टि(स्तरका आईओटी उत्पादनहरु सार्वजनिक

आयोजित एक कार्यक्रममार्फत ओप्पोले टीभीका दूई सिरिज, ओपो टीभी एसवान र ओपो टीभी आरवानलाई तीन भिन्न मोडल्समा सार्वजनिक गरेको छ ।

६५ ईन्चको ओपो टीभी एसवानमा फोरके क्यूलेड रिजोल्यूशन क्वानटम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ । यसमा रहेको १२०% अल्ट्रा(वाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेण्ट ग्राफिक्स र सहज र स्मूथ कलर ट्रान्जिशनमा सघाउने जनाएको छ ।

यसमा रहेको १२० एचजेड रिफ्रेश रेट र भ्यारिएबल रिफ्रेश रेट (भीआरआर)ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मूथ र अझ प्राकृतिक देखाउन सघाउने जनाएको छ ।

टीभीको एकोस्टिक परफरमेन्सको कुरा गर्दा ओपोले यसमा सटिक सिनेम्याटिक साउण्ड क्वालिटी दिन डायनअडियोसँग सहकार्य गरेको छ ।

ओपो टीभी आरवान ५५-ईन्च र ६५-ईन्च मोडल्समा क्वाड-कोर प्रोसेसर र हाई(स्पिड वाईफाई सिक्सका साथमा उपलब्ध गरिएको छ ।

साथै, ओपोले आफ्नो पहिलो राउण्ड डाइल स्मार्टवाट्च ओपो वाट्च आरएक्स र परिस्कृत कलरओएस वाट्च १.५ नयाँ डाइल्स, स्पोर्ट्स मोड्स र प्रयोगकर्ता अनुभवमा थप सुधारका लागि विभिन्न एप्सका साथमा सार्वजनिक गरेको छ ।

चीनमा लिग अफ लेजेन्ड्स संग सहकार्य गर्दै ओपो वाट्च लिग अफ लेजेन्ड्स लिमिटेड एडिशन, ओपो वाट्च आरएक्स लिग अफ लेजेन्ड्स लिमिटेड एडिशन र ओपो फाइन्ड एक्सटू लिग अफ लेजेन्ड्स ईस्पोर्ट्सः वाल्र्ड्स २०२० एडिशन गरी तीन नयाँ कस्टम उत्पादन उपलब्ध गराएको छ ।

कनेक्टेड फ्यूचर तिर ओपोको थप एक कदम

विश्वभर फाइभजी र एआई प्रविधिको बिस्तारसंगै, ओपो ईन्टरनेट अफ थिंग्सको यूग तिर तीब्र गतिमा अग्रसर भइरहेको छ । यस यूगमा विभिन्न उपकरण बीचको अन्तरक्रियाको माग ब्यापकरुपमा बढी रहेको छ ।

विश्वकै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओपोको परिचय अब स्मार्टफोन निर्माताका रुपमा मात्र सीमित छैन । कम्पनीले आफ्नो दीर्घकालीन योजनालाई नयाँ आईओटी ईकोसिस्टम निर्माणमा केन्द्रित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com