च्याम्पियन्स लिगमा एफसी पोर्टोलाई हराउदै म्यानचेस्टर सिटीको विजयी सुरुवात



प्रकाशित मिति : Oct 22, 2020

एजेन्सी, ५ कात्तिक । च्याम्पियन्स लिग समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई पराजित गरेको छ । घरेलु मैदामा भएको खेलमा एफसी पोर्टोलाई ३-१ ले पराजित गरेको हो।

खेलको १४ औँ मिनेटमा पोर्टोका लुइस डियाजले पहिलो गाले गरेसंगै सिटी १-० ले पछि परेको थियो। त्यसको ६ मिनेट नबित्दै सिटीका फरवार्ड सर्जियो अग्वेरोले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा सिटीले दुई गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्‍यो। सिटीका लागि इल्काई गुन्डगानले ६५ तथा फेरान टोरेसले ७३औं मिनेटमा गोल गरेका थिए।

जितसँगै सिटीले तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा अहमद महगबको निर्णायक गोल प्रेरित ओलम्पियाकसले मार्सेलाई १(० ले पराजित गरेको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com