एट्लेटिकोमाथि बायर्नको सानदार जित



प्रकाशित मिति : Oct 22, 2020

एजेन्सी, ५ कात्तिक । डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार जित हासिल गरेको छ ।

च्याम्पियन्स लिगको समूह एअन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडमाथि ४-० को शानदार जित निकालेको हो । जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे ।

कोम्यानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। गोरेट्ज्काले ४१औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा उत्तिनै गोल थप्यो।

टोलिसोले ६६औं मिनेटमा गरेको गोलसँगै ३(० को फराकिलो अग्रता बनाएको बायर्नका लागि ७२औं मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै ४=० को जित निश्चित गरे।

जितसँगै बायर्नले उपाधि रक्षा अभियानको उत्कृष्ट सुरुआत गरेको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com