बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरु



प्रकाशित मिति : Oct 21, 2020

काठमाडौं, ५ कात्तिक । बुधबार (आज) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा मुलुकमा शान्ति सुरक्षाको अवस्था र विकसित घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

राष्ट्रिय सुरक्षा परिषदको सदस्यहरुमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहन्छन्, भने सदस्य–सचिव रक्षा मन्त्रालयका सचिव हुने व्यवस्था छ ।

मंगलबार (हिजो) मात्रै नेपाली सेनाको पृतनापतिहरुको दुई दिने सम्मेलन सकिएको थियो । उक्त सम्मेलनले विप्लव समूह र कोरोना भाइरसलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौती रहेको निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com