कोरोना त्रासले यसपटक दसैंमा नयाँ लुगा पनि विकेन, व्यापारीहरु निराश (भिडियो)



प्रकाशित मिति : Oct 20, 2020
  • प्रशान्त ठाकुर,

काठमाडौं, ४ कात्तिक । नेपालीहरुको महान् चाड दसैंंमा नयाँ लुगा किन्ने गरिन्छ । त्यसैले पनि अन्य बेलाको भन्दा दसैंमा लुगा–कपडाको विक्रि ह्वातै बढ्ने गरेको छ ।

तर, यो वर्ष दसैंंको मुखमा पनि लुगा–कपडाको पसलहरु प्रायः सुनसान छन् । कोरोना संक्रमणको कारण नयाँ सामान आउन सकेको छैन ।

अरु वर्ष यतिबेला व्यवसायीलाई कपडा बेच्न भ्याइ न भ्याइ हुन्थ्यो तर अहिले बोहनीसम्म हुन हम्मे–हम्मे रहेको छ ।

काठमाडौंको कोटेश्वर बस्ने हरि गौतम २२ वर्षदेखी कपडा व्यवसाय गर्दै आएका छन । दसैंको बेला देशभरीनै कपडा पठाउन भ्याइ न भ्याइ थियो ।

खाना खाने फुर्सद समेत नपाएको उनि सम्झिन्छन । तर, अहिले ग्राहक कुरेरै उनको दिन कट्न थालेको छ ।

थोक होस वा खुद्रा सबै व्यवसायीको अवस्था उस्तै छ, दसैंको बेला भरिभराउ हुने पसलहरु सुनसान छन । बोहनी गर्न समेत व्यवसायीलाई गाह्रो छ ।

कोरोनाको कारण बाहिरबाट सामान आएको छैन । जसले गर्दा नेपाली उत्पादनले बजार पाउने आशा व्यवसायीहरुको थियो । तर, नेपाली उत्पादनलाई उपभोक्ताले बेवास्ता गरेको व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com