आईपीएल २०२० : कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा हरायो



प्रकाशित मिति : Oct 18, 2020

एजेन्सी, २ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ३५ औं खेल कोलकाता नाइट राइडर्स (केकेआर)ले जितेको छ । आइतबार अबुधाबीमा भएको खेलमा केकेआरले सनराइजर्स हैदराबाद (एसआरएच)लाई सुपर ओभरमा पराजित गरेको हो ।

सनराइजर्स हैदराबादले १६४ रनको लक्ष्यलाई पछ्याउँदै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।

सुपर ओभरमा कोलकाताको जितको लागि केवल ३ रनको लक्ष्य पायो, जसलाई कप्तान इयोन मार्गन र दिनेश कार्तिकको जोडीले सजिल्यै हाँसिल गरे । सुपर ओभरमा कोलकाताको बलर लोकी फग्र्यूसन (गेम चेन्जर) सावित भए ।

यस सिजनको पहिलो खेल खेलेको फग्र्यूसनले सुपर ओभरमा हैदराबादलाई दुई रन मात्रै बनाउन दियो र डेविड वार्नर तथा अब्दुल समदलाई बोल्ड गरिदिए । त्यसपछि कोलकाताले दुई बल शेष रहँदै तीन रन बनाएर हैदराबादबाट जित (विजय) छिन्यो ।

यो रशिद खानको ओभरमा थियो । ‘म्यान अफ द म्याच’ लोकी फग्र्यूसनले यस अगाडि ४ ओभरमा १५ रन दिएर ३ विकेट चड्काएका थिए । कोलकाता नाइट राइडर्सको यो पाँचौं जित हो, भने ९ खेलमा १० अंकको साथमा चौथो स्थानमा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com