प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७४ कोरोना संक्रमित थपिए



प्रकाशित मिति : Oct 18, 2020
  • तारा आचार्य

विराटनगर २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमित थपिए छन् भने १५ जना डिस्चार्ज भएका छन् । मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २–२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २–२, कमल, झापा गाउँपालिका र बा¥हदशीमा १–१, उदयपुरको कटारी र त्रियुगामा १३–१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १–१, संखुवासभाको चैनपुर र मकालु २–२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १–१, धनकुटाको छथरमा १, ते¥हथुमको लाली गुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com