विग्रिएको सडक मर्मत नगरेको भन्दै चन्द्रपुर नगरवासीले गरे चक्काजाम ( तस्बीर )



प्रकाशित मिति : Oct 18, 2020
  • बालबिक्रम कार्की

रौतहट, २ कात्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाका स्थानीयवासीले बिग्रिएको सडक निर्माणको माग गर्दै आन्दोलनमा नै उत्रिएका छन् । उनीहरुले आज बीरेन्द्र राजमार्गको गौर–चन्द्रनिगाहपुर सडकमा चक्काजाम गरेका छन् ।चन्द्रपुर नगरपालिकाको कार्यालय अगाडि रहेको करिब १ सय मिटर सडकखण्ड बिग्रिएको बर्षौ भइसक्दा पनि यसको मर्मतको लागि डिभिजन सडक कार्यालयले कुनै चासो नदेखाएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । सो बिग्रिएको सडकखण्डका कारण सो स्थानमा दैनिक जसो दुर्घटना हुने, आफ्नो घर , पसलहरुमा धुलोको थुप्रो जम्मा हुने, स्वासप्रश्वास सम्बन्धि रोगहरु लाग्न सुरु गरेको भन्दै डिभिजन सडक कार्यालयलाई निमार्णको लागि दवाव स्वरुप चक्काजाम गरेको स्थानीयको भनाइ छ ।स्थानीय व्यपारी, सर्वसाधरण, महिला , बालबालिका सहितको ठूलो संख्याले सडकमा फलाम, बिजुलीको पोल तेस्र्याए सडक अवरुद्ध पारेका थिए । कोरोना कहालीसंगसंगै धुलोको कारणले पनि बिरामी पर्नु परेकाले वाध्य भएर आफुहरु आन्दोलनमा उत्रिएको स्थानीय निर्मल भण्डारीको भनाइ छ । उहाँले आफुहरुले बारम्बार यसबारेमा नगरपालिका , डिभिजन सडक कार्यालयमा गएर मर्मतको लागि आग्रह गरेपनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।डिभिजन सडक कार्यालय तथा ठेकेदारको लापरवाही र वेवास्ताको कारण सो सडक मर्मतमा बर्षौ लागेको स्थानीय नरेश लामिछाने बताउनुहुन्छ । यदि सम्बन्धित निकायले चाहने हो भन केही घण्टाभित्र मर्मत हुने सो सडकखण्डलाई उनीहरुले विभिन्न बहानाबाजी गर्दै बर्षौसम्म पनि मर्मत नगरेको उहाँको भनाइ छ ।चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सञ्जय काप्mलेले नगरपालिकाको कार्यालय अगाडि रहेको सडकखण्डको मर्मत डिभिजन सडक कार्यालयले नगरे आफुहरुले गर्ने भन्दा आफुहरुको अधिकार क्षेत्रको सडकमा स्थानीय तहले लगानी गर्न नमिल्ने भन्दै रोकेको तर आजसम्म मर्मत कार्यको सुरुवात नगरे बारम्बार जनतालाई ढाट्ने तथा दुःख दिने काम गरेको आरोप लगाउनुभयो । स्थानीय बाटो मर्मत गर्नका लागि डिभिजन सडक कार्यालय रौतहटमा बारम्बार आफूहरु जाँदा प्रत्येक पटक चाँडैनै मर्मत हुने गर्ने प्रतिवद्धता पाइएपनि कामको सुरुवात नभएपछि आफूहरु आन्दोलनमा उत्रिएको स्थानीयको भनाइ छ ।

यता डिभिजन सडक कार्यालयले सो बाटोको लागि ठेक्का लागिसकेको र दशैँ अगाडि बाटो मर्मत सकिसक्ने प्रतिवद्धता दोहो¥याएको छ । सो कार्यालयका प्रमुख दारोगा प्रसादले सो राजमार्गको दक्षिणी खण्डबाट बाटो मर्मत र फराकिलो पार्ने काम सुरु गरिसकेको जनाउँदै सो स्थानको मर्मत पनि चाँडै सम्पन्न हुने जानकारी दिनुभयो । यसअघि पनि बारम्बार चाँडै मर्मत हुने भनेको तर नभएको भन्ने हाम्रो जिज्ञासामा उहाँले यसपालि भने त्यस्तो नहुने र दशैँ अगाडि सो सडकखण्ड मर्मत गरेर देखाउने वचनवद्धता व्यक्त गर्नुभयो । दैनिक हजारौँकोको संख्यामा सानाठुला सवारी साधन ओहोरदोहोर गर्ने सो बाटो यथासक्य चाँडो मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना मार्फत सो सडकको निमार्णको ठेक्का पाएका ठेकेदार र डिभिजन सडक कार्यालयका प्रमुखले चाडैँनै मर्मतको काम सुरु गर्ने र तत्काललाई धुलो उड्न नदिन बिहान बेलुका ट्याङ्करद्धारा पानी हाल्ने व्यवस्था गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले करिब ३ घण्टा पछि सडक अवरुद्ध खोलेका थिए । उनीहरुले प्रतिवद्धता पूरा नभए पुनः कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सो आन्दोलनको क्रममा कुनै अप्रिय घट्ना घट्न नदिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक नितिसकुमार सिंहको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com