दशैँमा सांसदहरुलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नु उचित : जनार्दन शर्मा



प्रकाशित मिति : Oct 18, 2020

काठमाडौं, २ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् जनार्दन शर्माले दशैँमा सांसदहरुलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने बताउनुभएको छ ।

कोरोना महामारी अहिलेको मुख्य समस्या भएकाले सासदहरुलाई दिइने दशैँ भत्ताले भेन्टिलेटर किन्नु उचित हुने उहाँले तर्क गर्नुभएकाे हो । साथै उहाँले भत्ता स्वरुप आफूलाई आएको रकम एक कोरोना संक्रमितको उपचारका लागि प्रदान गर्ने बताउनुभएको छ ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखि उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’ यसअघि नेकपाकै केहि सांसदहरुले पनि भत्ता बाँड्नुभन्दा भेन्टिलेटर खरिद गर्नु उत्तम हुने धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com