तीन बालिकामाथि बारम्बार बलात्कार गरेको अभियोगमा ७२ बर्षीय वृद्ध पक्राउ



प्रकाशित मिति : Oct 18, 2020
  • सविन लामिछाने

तनहुँ , २ कात्तिक । तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । भानु १० का बलराम सापकोटामाथि नौ, ११ र १२ वर्षका तीन बालिकामाथि पटक पटक बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहँुले नियन्त्रणमा लिएको हो ।

तीन बालबालिकामाथि पटक पटक बलात्कार गरेको भन्दै आफन्तले प्रहरीलाई उजुरी दिएका थिए । उजुरी परे लगत्तै प्रहरीले उनलाई आईतबार घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले न्यूज २४ लाई जानकारी दिनुभयो ।

वृद्धमाथि गत असार १५ र साउन ४ गते बलात्कार गरेको अभियोग छ । तिमल्सेनाका अनुसार घटना पहिलेको भए पछि मौखिक जाहेरी परे पछि वृद्धलाई पक्राउ गरिएको छ । उहाँले जाहेरी दर्ता भएकाले मुद्दामा अनुसन्धान थालेको जानकारी पनि दिनुभयो । अदालत बन्द भएकाले खुलेपछि उनीमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाउने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com