बेपत्ता प्रहरी सहायक निरीक्षककाे शव मोहना नदी किनारमा भेटियाे, जवान अझै अज्ञात



प्रकाशित मिति : Oct 18, 2020
  • हिक्मत रावल

धनगढी, २ कार्तिक । धनगढीको मोहना नदी किनारमा भेटिएको शव प्रहरी सहायक निरीक्षक गोविन्द विकको भएको खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोहना किनारमा फेला परेको उक्त शव प्रहरी सहायक निरिक्षक विकको भएको जानकारी दिए । उनीसँग रहेको हतियार भने फेला परेको छैन ।

उनीसँगै डिउटीमा खटिएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अझै अज्ञात छ । उनकाे खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

दुबै जना शनिबार साँझ ८ बजेपछि बेपत्ता भएका थिए । तस्करहरुले उनीहरुको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com