चेपाङ बस्तिमा दसैंको रौनक छाएन, खाद्यान्न नभएपछि आफन्तलाई फोन गरेर नआउन आग्रह



प्रकाशित मिति : Oct 18, 2020
  • केदार शर्मा

चितवन, २ कार्तिक । चितवनको पहाडी ईलाकामा बसोबास गर्दै आएका चेपाङहरुमा दसैंको कुनै रौनक छैन् । घरपरिवार जमघट हुने र मिठो मसिनो खाने मन हुदाँ हुँदै पनि कोभिडका कारण उनीहरुमा दसैंको कुनै रौनक छैन् ।

इच्छाकामना गाँउपालिका वडा नम्बर १ थाप्राङका ललीमन चेपाङले त यस वर्षको दसैंमा छोरीहरुलाई फोन गरेरै घर नआउन आग्रह गरेका छन् । ललीमनले सहज रुपमा काम गर्दा केहि आयआर्जन हुने र सोहि रकमबाट दशै मनाउने गरेका थिए । तर यस वर्ष ६ महिना लामो लकडाउनका कारण काम गर्न नसक्दा छोरा छोरीलाई के खुवाउने भन्ने पिरले नबोलाएको दुखेसो छ ।

६ महिना सहकाल र ६ महिना अनिकालको सामाना गर्दै आएका चेपाङको जीवनस्तर पछिल्लो समय सुद्रिदो रहेपनि लकडाउनका कारण कमाउन जान पाएनन् । पछिल्लो समय लकडाउन खुलेको भएपनि बजार झरेर काम गरेर फर्किदा गाँउमा क्वारिनटाइन बस्नु पर्ने भन्दै उनीहरु गाँउबाट बाहिर निस्केनन् ।

पहाडी इलाकामा उब्जाउ राम्रो नहुने भएकोले यहाँका स्थानीयलाई १२ महिना खान पुग्दैन । खाद्यान्न अभावको बेला गिठा भ्याकुर खाएर बाँच्नु पर्ने बाध्यता उनिहरुमा छ । यो समयमा भने गिठा भ्याकुर समेत छिपी नसकेको भन्दै यसपालीको दसैं दाताको भरमा मनाउने योजना छ ।

कसैले खाद्यान्न सहयोग गरे मात्रै दसैं मनाउने आशा रहेका उनीहरूला सौराहामा रहेको सपना भिलेज सोसियल इमप्याक्टले दसैं उपाहार स्वरुप ६ सय ६५ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । सोसियल इमप्याक्टले वडा नम्वर १ का सबै घरधुरीलाई प्रति घर १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल दिएकाे छ ।

चेपाङ तथा सिमानकृत जातजातीका लागि सरकारले बिभिन्न किसमका कार्यक्रम ल्याए पनि जीवन परिर्वतन तर्फ उन्मुख हुन कठिनाई छ । तर पनि यो बिसम परिस्थीतीमा देखा सिकी नगरी आँफुले जे सकिन्छ त्यसैमा रहेर दर्शै मान्नू पर्छ ।

सानो सहयोगले यी ६ सय ६५ले दशैं मानेपनि जिल्लाको पहाडी ईलाकाका अन्य चेपाङ तथा सिमानकृत बर्गको यस पटकको दसैं खल्लो हुने निश्चित ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com