मेलिना राई, शम्भु धिताल र प्रकाश सपूतको नयाँ भिडियो सार्वजनिक (भिडियो)



प्रकाशित मिति : Oct 18, 2020

काठमाडौं, २ कार्तिक । गायक शम्भु धितालको स्वरमा ‘पिरतीको भिसा’ युट्युबमा सार्वजनिक भएको छ । शनिबार  युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ ।

गीतमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत र अस्मिता ढकालले मुख्य अभिनय रहेको छ । साथमा कलाकार रमा थपलिया र स्वयम् गायक धिताललाई पनि भिडियोमा देख्न सकिन्छ । गीतको शब्द, संगीत र भिडियो निर्देशन पनि गायक धितालले नै गरेका हुन् ।

जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ । गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिक(भान्जा)ले गरेका हुन् । भिडियो लाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।

उक्त गीत गायक शम्भु धितालकै युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ ।

भिडियोः


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com