१० खेलाडीमा समेटिएको युभेन्टस बराबरीमा रोकियो



प्रकाशित मिति : Oct 18, 2020

एजेन्सी, २ कार्तिक । दस खेलाडीमा समेटिएको युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको इटालियन सिरी फुटबलमा युभेन्टस क्रोटोनेसँग १-१ को बरारबीमा राकिएको हो ।

क्रोटोनेको घेरलु मैदानमा भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको १२ औं मिनेटमा सिमेओन टोचुक्वु न्वान्क्वोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

युभेन्टसका डिफेन्डर लिओनार्दो बोनुचीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि क्रोटोनेले पोनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरलाई उनले गोलमा परिणत गरेका थिए । त्यस्तै २१ औं मिनेटमा युभेन्टसले बराबरी गोल फर्काएको थियो ।

युभेन्टसका अल्भारो माराटाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा बराबरीमा सकिएको खेलको दास्रो हाफमा युभेन्टस दस खेलाडीमा समेटिएको थियो । ६० औं मिनेटमा युभेन्टसका मिडफिल्डर फेडेरिको चिएसाले रातो खार्ड पाएपछि पाहुना टोली दस खेलाडीमा समेटिएको थियो । क्रोटोनेका मिडफिल्डर लुका चिगारीनीलाई गम्भीर ट्याकल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

दोस्रो हाफमा दुबै टोलीबाट कुनै थप गोल हुन सकेन । पाहुना टोली दस खेलाडीमा समेटिँदा समेत घरेलु टोलीले त्यसको फाइदा उठाउँन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो ।

बराबरीसँगै चार खेल खेलेको युभेन्टस आठ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । यता, क्रोटोने भने समान खेलाबाट मात्र एक अंक जोड्दै रेलिगेसन जोनमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com