रुपन्देहीमा पनि थप एक सङ्क्रमितको मृत्यु



प्रकाशित मिति : Oct 17, 2020

रुपन्देही, १ कात्तिक । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बस्नुभएका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com