कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान सराहनीय छ : मुख्यमन्त्री राउत



प्रकाशित मिति : Oct 17, 2020

धनुषा, १ कात्तिक। प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय भएको बताउनुभयो ।

उहाँले प्रादेशिकसहित सबै जिल्लाका प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि सबै प्रकारको सहयोग गरिने बताउनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा श्रवणकुमार मिश्रले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक बनाएर एन्टी स्नेक भेनमको उत्पादनका लागि सहयोग गरिएमा एन्टी स्नेक भेनम उत्पादन गर्न प्रयोगशाला सक्षम भएको बताउनुभयो । सो अवसरमा युएनडिपीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि स्वचालित आरएनए एब्सट्रेक्सन मेसिन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com