इलाममा थप ९ जनामा कोरोना पुष्टि



प्रकाशित मिति : Oct 17, 2020

इलाम, १ कात्तिक । इलाममा एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चुलाचुली गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता देउमाई नगरपलिकामा पनि एक जनामा कोरोना पुष्टि भएको छ ।

आज कोरोना पुष्टि भएका ९ जनामध्ये २ महिला र सात पुरुष रहेका छन् । योसँगै इलाममा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com