कोरोना संक्रमणबाट इलाममा ८ वर्षीया बालिकाको मृत्यु



प्रकाशित मिति : Oct 17, 2020
  • विनय तिम्सीना,

इलाम, १ कात्तिक । इलाममा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बिराटनगरको नोबेल अस्पतालमा मिर्गौलाको उपचार गराइरहेकी उक्त बालिकामा गत असोज २९ गते कोरोना पुष्टि भएको थियो । अस्पतालले उपचार गर्न नसक्ने बताएपछि घर ल्याउँदा ल्याउँदै झापाको चारअलीका उनको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले बनाएको कोरोना संक्रमितको स्वास्थ्य मापडण्ड अनुसार उनको आज इलामको करफोकामा नेपाली सेनाले अन्त्येष्टि गरेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी गराए ।

इलाममा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com