कोरोना संक्रमणबाट भक्तपुरमा आइसोलेशनमा बसेका एक पुरुषको मृत्यु



प्रकाशित मिति : Oct 17, 2020
  • रामगोपाल तमखु,

भक्तपुर, १ कात्तिक । भक्तपुर नगरपालिका वडा नं.७ इनाचोकका कोरोना संक्रमित ६९ वर्षीय पुरुषको शनिवार मृत्यु भएको छ ।

दम तथा निमोनियाबाट ग्रसित उक्त पुरुषमा गत असोज २८ गते डां इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा कोरोना पुष्टि भएको थियो ।

File Photo

कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए । तर, आज (शनिबार) उनको मृत्यु भएको वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले बताए ।

मृतकको शव व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com