सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु, स्थानीय त्रसित



प्रकाशित मिति : Oct 17, 2020

खाँदबारी, १ कात्तिक । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एकको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका–३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com