आईपीएल : बैंगलोरसँग राजस्थान ७ विकेटले पराजित



प्रकाशित मिति : Oct 17, 2020

काठमाडौं, १ कात्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर बिजयी भएको छ । यूएईको दुबई क्रिकेट  रंगशालामा भएको खेलमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बैंगलोरले ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले १ सय ७८ रनको लक्ष्य दिएको थियो ।

जुन लक्ष्य बैंगलोरले १९.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको हो । एबी डिभिलीयर्सले बैंगलोरका लागि २२ बलमा ५५ रन बनाउदै खेल जिताउन सफल भए ।
त्यसैगरी कप्तान विराट कोहलीले ४३ रन बनाउन सफल भए । गुर्कीरात सिंह मनले अविजित १९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ३५ र एरोन फिन्चले १४ रन बनाएका थिए ।

यसअघि राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाबनाएको थियो। जसका लागि कप्तान स्टिभ स्मिथ सर्वाधिक ५७ रन बनाउन सफल भएका थिए । त्यस्तैगरी रोविन उथापाले ४१, जोस बटलरले २४, राहुल तेवाटियाले १९, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बनाएका थिए ।

आजको जीतसँगै बैंगलोरले ९ खेलमा ६ खेल जितेको छ । त्यस्तै पराजित भएको राजस्थानले भने ९ खेलमा ३ खेल मात्रै जितेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com