आईपीएलको जारी खेलमा राजस्थानले बैंग्लोरलाई दियो १ सय ७८ रनको लक्ष्य



प्रकाशित मिति : Oct 17, 2020

काठमाडौं, १ कात्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत भइरहेको आजको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई राजस्थान रोयल्सले १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईमा जारी खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

सो क्रममा उसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाउन सफल भएका छ । जसका लागि कप्तान स्टिभ स्मिथ सर्वाधिक ५७ रन बनाउन सफल भए । तयस्तेगरी रोविन उथापाले ४१, जोस बटलरले २४, राहुल तेवाटियाले १९, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com