नेपाली जीवनशैलीसंग भिजेका अमेरिकी राजदूत बेरी भन्छन् : नेपाली खानाको स्वाद अद्वितीय



प्रकाशित मिति : Oct 17, 2020

काठमाडौं, १ कात्तिक । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले महान् चाड बडादसैंको शुभकामना दिएका छन् । उनले हिजो शुक्रबार विश्व खाद्य दिवसको अवसरमा पनि नेपालमा आफूले खाएका खानेकुराको स्वादको प्रशंसा गरेका थिए ।राजदूत बेरीको चासो नेपाल – अमेरिकाको कुटनीतिज्ञ सम्बन्धसँग मात्र नभइ नेपाली समाज, संस्कृति, परम्परा, रहनसहन र नेपाली खानामा पनि उत्तिकै देखिन्छ । राजदूत बेरीले सामाजिक सञ्जाल ट्विटरमार्फत यसरी धेरै पटक नेपालप्रति मायाँ दर्साएका छन् । कहिले गाउँघरतिर गएर नेपाली लोकगीतमा नाँचेको तस्बीर र भिडियो पोष्ट गर्ने , कहिले अमेरिकी राजदूतावास भित्र दसै र तिहार मनाएर रमाइलो गर्ने राजदूर बेरी नेपाली जीवनशैलीसंग लगभग पूरै भिजिसकेका छन् ।राजदूत बेरीले ट्वीटरमार्फत आज दसैंको शुभकामना दिएका हुन् भने हिजो शुक्रबार विश्व खाद्य दिवसको अवसरमा उनले नेपालमा आफूले खाएका खानेकुराको स्वादको प्रशंसा गरेका थिए । ट्विटमा उनले शुक्रबार नेपालको मुस्ताङमा, जनकपुरमा र नेपालगञ्जमा खाएका खानाको प्रशंसा गरेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो नेपाल यात्राले यो महान् देशको रैथाने खाना यहाँका मानिसहरू जत्तिकै विविधतापूर्ण छ , चाहे त्यो मुस्ताङको खसीको मासु होस्, चाहे जनकपुरको लस्सी, वा नेपालगन्जको विर्यानी। ’ उनी नेपाली खान फेरि खानका लागि आतुर छन् । उनी जतिसक्दो छिट्टो नेपालको यात्रा फेरि सुरू गरेर नेपाली खानाको स्वाद लिन चाहन्छन् ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com