जोर्डन पुगेकी नेपाली चेलीले पीडाको पोखरीबाट गरिन पुकार : ‘मलाई बचाइदिनुहोस्’ (भिडियो)



प्रकाशित मिति : Oct 17, 2020

काठमाडौ, १ कात्तिक । घरेलु कामदारका रुपमा विदेश गएका नेपालीले दुःख पाउने गरेको समस्या धेरै आउने गरेको छ । नेपालमा रोजगारीको नपाएपछि धेरै नेपाली विदेश जान बाध्य हुन्छन् ।

तर त्यही पीडालाई फाइदामा बदल्न खोज्ने दलालहरु नेपाली समाजमा प्रशस्तै पाइन्छ । एक महिलाको पीडा न्यूज २४ को कल २४ कार्यक्रमलाई प्राप्त भएको छ । घरेलु कामदारका रुपमा जोर्डन पुगेकी एक महिलाले पाएको दुःख उनकै मुखमा सुन्नुपर्दा धेरैको मन रसाउन सक्छ ।

प्रतिकात्मक तस्वीर

उनले त्यहाँ मोवाइल पनि चलाउन पाउँदिनन् । एक जना साथीको सहयोगमा उनले आफ्नो पीडा कल २४ समक्ष पुर्याउन सफल हुँदा उनको उद्दारका लागि सम्बन्धित मेनपावरले पहल गर्ने भएको छ ।

निकै पीडादायी अवस्थाबीच गुज्रिरहेकी ती महिलाका श्रीमानले आफ्नी श्रीमतीले एकपटक आफुले दुःख पाएको सुनाएपछि फर्काउन पहल गरेपनि आफु असफल भएको बताए ।

श्रीमान शिशिरले आफ्नी श्रीमतीलाई फर्काउन निकै रकम लाग्ने भएपछि आफु बिभिन्न सरकारी निकाय र श्रीमतीलाई विदेश पठाउने म्यानपावरसम्म धाएको सुनाए ।

यता उनलाई रोजगारीका लागि जोर्डन पुर्याउने भैरव इन्टरनेशनल सर्विजेश सेन्टरका दानबहादुर तामाङले भने लकडाउन र टिकटको समस्याले गर्दा ती महिलालाई फर्काउन नसकेपनि फर्काउने प्रयास जारी रहेको बताए ।

उनले एक दुई दिन भित्रै ती महिलालाई फर्काउनका लागि टिकट निश्चित हुने पनि न्यूज २४ लाई बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com