शनिबारदेखि भारतको बाँके बिहार मन्दिर खुल्ला



प्रकाशित मिति : Oct 17, 2020

एजेन्सी, १ कात्तिक । भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर आजदेखि खुल्ला भएको छ ।अदालतको आदेशपछि मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो । त्यहाँका मन्दिर कोरोना भाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको थियो ।

अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

दर्शालुहरुलाई बिहान ८ः३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५ः३० देखि ९ः३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ ।

दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com