भारतको महाराष्ट्रमा बाढी, ४७ को मृत्यु



प्रकाशित मिति : Oct 17, 2020

एजेन्सी, १ कात्तिक । भारतको महाराष्ट्रमा बाढीले पछिल्लो तीन दिनमा ४७ जनाको ज्यान गएको छ ।वर्षासँगै आएको बाढीले महाराष्ट्रको पुणे, औरंगावाद र कोंकणमा भएको ठूलो मानवीयसँगै लाखौं हेक्टरमा लगाइएको खेतीमा क्षति पुगेको जनाइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बाढीबाट पुणेमा २८, औरंगावादमा १६ र कोंकणमा तीनजनाको मृत्यु भएको छ ।

बाढीका कारण दुई हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने २१ हजार मानिस सुरक्षित स्थानमा सारिएको पुणेका सरकारी अधिकारीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com