विदेशी खेलाडीहरुलाई एन्फा पहिलो ब्याचका खेलाडीहरुद्वारा आर्थिक सहयोग



प्रकाशित मिति : Oct 17, 2020

काठमाडौं, १ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले नेपालमा रहेका बिदेशी खेलाडीहरुलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको महामारीकका कारण नेपालमै रोकिएका २७ बिदेशी खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्यमबाट एन्फाको पहिलो ब्याचको अगुवाइमा उनीहरुका लागि रकम संकलन गरेको थियो । संकलित रकम दिपकुमार राई र एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीले बितरण गरेका थिए ।

एन्फाको पहिलो ब्याचमा आबद्ध बिदेशी खेलाडीहरुले सहयोग रकम पाएपछि खुशी व्यक्त गर्दै धभन्यवाद दिएका थिए । लिग सकिसकेका भएपनि कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु नेपालमै रोकिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com