‘कोरोनाबाट मानिसहरु मरे मरुन’ भन्ने सोंच सरकारमा देखिएको भन्दै काँग्रेस दसैंपछि आन्दोलनमा उत्रने



प्रकाशित मिति : Oct 16, 2020

काठमाडौँ, ३० असोज । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले मुलुकमा कोरोना महामारीको अवस्था भयावह भइरहेको अवस्थामा समेत सरकार रोकथाम तथा नियत्रणका लागि भन्दा पनि भष्ट्राचारमा लिप्त भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।

सहमहामन्त्री डा.प्रकाशसरण महतको संयोजकत्वमा गठन गरेको कोभिड–१९ अनुगमन समितिको प्रतिवेदन बुझ्दै देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो ।
जनताको जीवन जोगाउनतर्फ ध्यान दिनुस भनेर मैले पनि पटक पटक आग्रह गरेको हो तर, सरकारले मानिसहरु मरे मरुन् भन्ने सोच राखेको छ, देउवाले भन्नुभएको छ ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको उहाँको भनाई छ ।

काँग्रेसको नजरमा सरकारले कोभिड–१९ नियन्त्रणमा गरेका १० कमजोरी :
१. चार महिना लामो लकडाउन र एक महिना लामो निषेधाज्ञा गर्दा पनि स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टिन व्यवस्थापन, औषधि खरिदमा सदूपयोग गर्न नसकेको ।
२.स्वास्थ्य उपकरण र औषधि खरिद गर्दा कमिसन खाएर भ्रष्टाचार प्रकरणलाई नियनत्तण गर्न नसकेको ।
३.महामारी नियन्त्रणका लागि के गर्ने भन्ने कुनै कार्ययोजना नभएको ।
४. यातायात खुला गरेपछि स्वास्थ्य र सुरक्षा प्रोटोकल लागु गराउन नसकेको ।
५. विदेशबाट आएकालाई रोजगारी दिन नसकेको, आपूर्ति चक्र भत्किंदा जनतालाई महंगीको मारमा परेको ।
६. सुरक्षा प्रबन्ध गर्दै बन्द उद्योग व्यवसाय खुलाएर अर्थतन्त्रलाई चलायमान बनाउन र रोगारी दिन नसकेको ।
७. संघीय प्रणालीको भावना र मर्म अनुरुप महामारी नियन्त्रणमा संघीय सरकारले जिम्मेवार भएर काम गर्न नसकेको ।
८. चाडबाडको समयमा काठमाडौं उपत्यकामा कोारेना संक्रमण रोक्न कुनै भरपर्दो रणनीति बनाउन नसकेको ।
९. महामारी नियन्त्रणको समयमा पनि भातृ संस्था, मानवीय सहायतालाई व्यवस्थि तगर्न सहकायको वातावरण बनाउन नसकेको ।
१०. महामारीबाट प्रभावित भएको शैक्षिक क्षेत्रलाई मार्गनिर्देशन गर्न पनि चुकेको ।

काँग्रेसले कोरोना नियन्त्रण गर्न सरकारलाई दिएको ७ महत्वपूर्ण सुझाव :
१.संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यकीय औषधिहरुको अविलम्व व्यवस्था गर्नुपर्ने ।
२. पीसीआर परीक्षणलाई सर्वसुलभ र निम्न आय भएकालाई निशुल्क व्यवस्था गर्नुपर्ने ।
३. दशैंमा गाउँ वस्तीमा संक्रमण फैलन नदिन एसएमएसको पालना र यातायात साधनमा स्वास्थ्य सुरक्षा अपनाउने व्यवस्था मिलाउनुपर्ने ।
४.कोभिडबाट प्रभावित गरिब परिवारलाई चाडपर्वको समयमा निश्चित आर्थिक सहयोग रकम हस्तान्तरण गर्ने व्यस्था मिलाउनुपर्ने ।
५. महामारीका कारण आर्थि संकट काबु बाहिर जान नदिन र गम्भीर छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउनुपर्ने ।
६. विदेशमा रहेका नेपाली बेरोजगार नागरिकलाई राहत, सहयोग र देश फर्कन चाहनेलाई आउने व्यवस्था मिलाउनुपर्ने ।
७. लाखौं विद्यार्थीको शैक्षिक भविष्यलाई दृष्टिगत गरी व्यवहारिक कार्यायोजना ल्याउनुपर्ने ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com