सुनसरीका प्रहरी निरीक्षक खनाल उत्कृष्ट अनुसन्धानकर्ता



प्रकाशित मिति : Oct 16, 2020
  • अमर काफ्ले,

इनरुवा, ३० असोज । जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् ।

प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्रर्दशन गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको हो ।

खनाल सुनसरी प्रहरीको कुशल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घटित विभिन्न घटनाको सूक्ष्म अनुसन्धानमा अनुसन्धानकर्ताका रुपमा खटिदै आएका कुशल प्रहरी अधिकृत हुन् ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com