जाले रुमालको अपार सफलतापछि गायक बिरेन्द्र श्रेष्ठले ल्याए ‘परदेशीको जीवन बरिलै’ (भिडियो)



प्रकाशित मिति : Oct 16, 2020

काठमाडौं, ३० असोज । जाले रुमाल युट्युव ट्रेन्डिङमै रहेको बेला गायक बीरेन्द्र श्रेष्ठले आँसु र करुणाले भरिपूर्ण अर्को म्युजिक भिडियो बजारमा ल्याएका छन् । गायक श्रेष्ठले ‘परदेशीको जीवन बरिलै’ बोलको मन छुने  म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

भावसागर कि अम्बिका गुरुङ्गको शब्द, दीपकराज बिश्वकर्माको सङ्गीत तथा एरेन्ज रहेको गीतमा उदयमान मोडेल निर्मल खत्री परदेशीको रोलमा देखिएका छन् । त्यस्तै निशा राई मुख्य फिमेल मोडलको रुपमा देखिएकी छन् ।

म्युजिक भिडियोमा बेरोजगारी, गरिबीका कारण केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । भिडियोमा झापा नाट्य घरका कलाकारहरुको बिशेष अभिनय देख्न सकिन्छ ।

६ बर्षिया कलाकार नानू धानु, मोडेल निशा राई, पेम्बा शेर्पा, गजेन्द्र पृथक, माया सिटौला, माधव सिटौला लगायतले अभिनय गरेका छन् । हास्य कलाकार टिकाराम आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा योगेस दहालको छाँयाङ्कन रहेको छ । उता गायक श्रेष्ठले भर्खर बजारमा ल्याएको जाले रुमाल बोलको म्युजिक भिडियो युट्युवको ट्रेन्डिङमै रहेको छ ।

(भिडियाे)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com